अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक बर्ष २०७९/०८० को आर्थिक विधेयक २०७९ को करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्ने विषयमा छानविन गर्न संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।
समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महतो र सुरेन्द्र प्रसाद यादव रहनुभएको छ ।
समितिले आर्थिक बर्ष २०७९÷०८० को आर्थिक विधेयक २०७९ को करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भनी उठेको विषयमा सत्य तथ्य छानबिन गरी सुझावसहितको प्रतिवेदन सदनमा पेश गर्नेछ । समितिलाई प्रारम्भ गरेको मितिले दश दिनको समय दिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५को नियम १७७ बमोजिम विशेष समिति गठनका लागि गर्नुभएको प्रस्ताव संसद्ले पारित गरेको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले आजै संसदमा अर्थमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभामा वक्तव्य दिँदै आफूमाथि लागेको आरोप निराधार रहेपनि संसदीय छानविन विशेष समिति गठन भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो ।
उहाँले आफूले अर्थ व्यवस्था सुधारका विषयमा धेरै काम गरे पनि विपक्षी दलले निराधार आरोप लगाएको भन्दै सत्य तथ्य छानविन गर्न र आरोप प्रमाणित गर्न चुनौती दिनुभयो ।
प्रमुख प्रतिपक्षी दलका सांसद योगेश भट्टराईले संसदीय छानविन समिति गठन गर्न माग गरिएको बताउँदै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्