विवादमा आइसकेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीना दिनुपर्ने बताएका छन्।
नेता पौडेलले अर्थमन्त्रीले राजीनामा दिएर सत्य तथ्य छानबिनका लागि मार्ग प्रसस्त गरिदिनुपर्ने बताएका हुन्।
अर्थमन्त्रीको कार्यशैलीलाई लिएर चौतर्फी विरोध र प्रश्न उठिरहेको रहेको भन्दै नेता पौडेलले देशको अर्थ मन्त्रालयजस्तो महत्वपूर्ण निकायको काम कारवाहीमा प्रश्न उठेपछि सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
उनले विवादित विषयलाई लिएर अर्थमन्त्रालयले दिएको जवाफले झनै संशय पैदा गरेको बताए। उनले भने,’ हामी लोकतान्त्रिक र कानुनी राज्यको व्यवस्थामा छौं । यसको अवधारणा र मूल्य मान्यता भनेकै राज्य जनता प्रति जबाफदेहि हुनुपर्दछ।राज्यका जुनसुकै सार्वजनिक काम कारवाहीबारे सम्बन्धीत मन्त्रालय माथि उठेको प्रश्नको उचित जवाफ सोही मन्त्रालयले दिनु पर्दछ, यो उसको जिम्मेवारी हो।मन्त्रालयले जवाफ नदिएमा वा चित्तबुझ्दो नभएमा त्यसबारे छानबीन गर्ने जिम्मवारी राज्यको हो।’
उनले राज्यले तोकेको सामान्य नियमसम्म हेक्का नराख्ने अर्थमन्त्रीलाई सीसीटीभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने अर्थ मन्त्रालयको जिम्मेवारीबाट उम्किने छुट नभएको बताए। राज्यले तोकेको नियम र कानुन विपरीत गएमा जो कोहीको कानुनी उपचार हुनुपर्ने धारणा व्यक्त गरे।
सरकारले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने बताउँदै नेता पौडेलले नेकपा माओवादीले आफनो मन्त्रीलाई फिर्ता बोलाएर छानबीनको मार्ग प्रशस्त गराउनुपर्ने बताए।
बजेट निर्माणका क्रममा अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ राजस्वका दरहरू परिवर्तन गरेको आरोप लागेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्