बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने
लमजुङ २२ असार । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।
सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर दूरीको बँेसीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ ।
बर्खायाममा उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ । गत वर्ष बाढीपहिराले एक महिनासम्म सडक अवरुद्ध भएको थियो । मनाङवासी हेलिकोप्टरको सहारामा बेँसीसहर हुँदै आ–आफ्नो गन्तव्यमा जाने गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #बेँसीसहर चामे सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्