कोरोनाको चौथो लहर भित्रिने खतरा
काठमाडौ , २२ असार । पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ९० जना नयाँ संक्रमित थपिएका छन् ।
२४ घण्टाको अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । ‘संक्रमणदर बढिरहेको छ । भारतको असर नेपालमा देखिएको हो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्नुहुन्छ, ‘तीन गुणाले संक्रमण बढिरहेको छ ।’ उहाँका अनुसार संक्रमितहरू नेपाल प्रवेश गरिरहेका छन् । नाकाबाट काठमाडौंसम्म केसहरु आइपुगेका छन् ।,’
‘भरसक परीक्षणको दायरा बढाएर सिमानाकामा नै संक्रमितको पहिचान गर्न थालिएको छ । यही प्रकारले संक्रमितको संख्या बढ्दै जाने हो भने कोरोनाको चौथो लहर भित्रिएको हो कि भन्ने आहांका थपिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउछन् । उनका अनुसार मन्त्रालयले यस प्रकारको खतराको सामना गर्न तयारी पनि थालेको छ । उसले सर्वसाधरणलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्