Techie IT
सोमबार, वैशाख २२,२०८२

संखुवासभा ६ जनाको हत्या प्रकरण: ४ जनालाई आजीवन कैद


संखुवासभा । संखुवासभाको एकै परिवारका ६ जनाको हत्या आरोपमा जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद फैसला सुनाएको हो ।

हत्यामा ५ जनाका संलग्न रहेको भए पनि एक जना नाबालक रहेका कारण ४ जनालाई आजीवन कारागारको फैसला सुनाइएको हो ।

४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ ।

नाबालकलाई भने यसमा छुट तथा १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने अदालतको फैसला रहेको छ ।

२०७८ भदौ २१ गते व्यक्तिगत रिसिवीका कारण एकै परिवारको ६ जना ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरु २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको हो ।

हत्यामा संलग्नहरु तेजबहादुरकै दाजुभाइ हुन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545