प्यूठानमा चट्याङ लागेर दुईजना बालकको मृत्यु ९ जना घाइते
प्यूठान । प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीकोटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सो घटनामा परेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवैजनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । चट्याङबाट ऐरावतीक(६ का ५ जना र १ दाङवाङ्गका ४ जना गरी ९ जना घाइते भएका छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ऐरावती गाउँपालिका, #चट्याङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्