माओवादीको केन्द्रीय समिति बैठक बुधवार बस्ने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को आजका लागि तय भएको केन्द्रीय समितिको बैठक बुधवारका लागि सरेको छ ।
आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम तय भएको थियो । पदाधिकारी चयनलगायतका विषयमा सहमति जुटाउनका लागि अध्यक्ष दाहालको निवास खुमलटारमा पार्टीका पूर्व स्थायी समितिको बैठक बोलाइएको छ ।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आजका लागि तय भएको बैठक स्थगित भएको र बुधवार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो । प्रवक्ता कृष्णबहादुर महराले पनि आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले १० पेजको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
आइतबारको बैठकमा सात वटै प्रदेशका अध्यक्ष र सोमबार ४३ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको थियो । बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्यूरोको चयन हुनुपर्नेलगायतका माग उठेको छ । सोही मागलाई सम्बोधन गर्ने ध्येयका साथ अधिकतम प्रयास गर्ने तयारीमा नेतृत्व लागि परेको नेताहरूले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्