ज्योतिषलाई हेराएर निर्वाचनको मिति तय गर्दै प्रधानमन्त्री देउवा
काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक फैसला गर्दै तत्कालीन केपी शर्मा ओलीको सरकारलाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी गरेको थियो ।
त्यसपछि नाटकीय ढंगबाट देउवा पाँचौँ पटक प्रधानमन्त्रीका रुपमा नेतृत्व गर्न सफल भएका थिए ।
देउवाले प्रधानमन्त्री बनेपछि पनि विश्वासको मत पाइने नपाइने भन्नेमा सन्देह थियो ।
त्यसबेला उनले ज्योतिषलाई हेराएर ज्योतिषले भनेकै दिन विश्वासको मत लिएका थिए । त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटार गइसकेपछि पनि अन्य काम भन्दा पूजा अर्चनामा निकै समय दिएको सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुले पनि संकेत गर्थे ।
देउवा भित्री रुपमा यस्ता कुराहरुमा निकै विश्वास गर्दछन् । यसै क्रममा आगामी संसदीय निर्वाचनका मामिलामा पनि उनले ज्योतिषलाई हेराएका छन् । कात्तिकमै निर्वाचन गरिने भनिए पनि ज्योतिषका सल्लाहअनुसार मंसिरमा चुनाव गर्ने देउवाले तयारी गरेका बुझिएको छ ।
उता निर्वाचन आयोगले पनि मंसिर पहिलो साताभित्रै एकै चरणमा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।
देउवाले ज्योतिषकै सल्लाहअनुसार मंसिर पहिलो सातामा संसदीय निर्वाचन गाउने निर्णय मन्त्रिपरिषदबाट गराएर राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएका हुन् ।
विशेष स्रोतका अनुसार साउन पहिलो हप्तामा निर्वाचनको मिति घोषणा हुन सक्छ । त्यसका लागि पनि देउवा चुनावको बार, गते र महिना जुराउन लागि परेको बताइन्छ ।
स्थानीय निर्वाचनमा गठबन्धन गरेर आफू पहिलो पार्टीको बनेकोमा देउवाको आत्मविश्वास बढेको छ । साथै, बाम एकताको विषयले उनलाई टाउको दुखाइ बनेको छ ।
यदि कम्युनिष्ट एकता हुने हो भने कांग्रेसले दोस्रो दलको रुपमा चित्त बुझाउनुपर्ने हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्