Techie IT
सोमबार, वैशाख २२,२०८२

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२


मुम्बई । कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने ।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो । सिनी २१ वर्षकी छिन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #मिस इण्डिया, #सिनी शेट्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545