टाँडीका प्रहरी प्रमुख रविन बाबुको ३ महिना : लागूऔषध र करणीका घट्नामा उल्लेखनीय सफलता

रत्ननगर । पर्यटकीय नगरी त्यसमाथि पनि शान्तिसुरक्षाको दृष्टिकोणले अत्ति नै संवेदनशील मानिन्छ पुर्वी चितवन । पर्यटकहरुको समेत ओहोरदोहोर भइरहने भएकोले पनि यस क्षेत्रलाई संवेदनशीलताको हिसाबले चुनौतीपूर्ण नै मानिन्छ ।
लागूऔषधको मुख्य अखडाका रूपमा चिनिदै आएको यहाँ प्रहरी प्रमुख भई धेरैले आफ्नु नेतृत्व सम्हाले । ३ महिनाअघि मात्रै ईलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी प्रमुख (डिएसपी) रविन बाबू रेग्मी यहाँको जिम्मेवारी सम्हालेको छोटो समयमै स्थानीयको मन जित्न सफल भएका छन् ।
रत्ननगरको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न आइपुगेका रेग्मीले रत्ननगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न मात्रै सफल भएनन् कि लागूऔषधको अखाडाका रूपमा रहेको यस क्षेत्रलाई आफ्नु काबुमा समेत राख्न सफल भए ।
छोटो अवधीमै लागूऔषधका गिरोहलाई तहसनहस पार्न सफल भएका उनलेे जवरजस्ती करणीमा संलग्न प्रतिवादी, चोरीका घट्ना तथा सार्वजनिक हित स्वास्थ्य सुबिधा र नैतिकता विरुद्धको कसुर, गिट्टी, बालुवा जस्ता उत्खननमा समेत नियन्त्रणमा लिन उनी र उनको टिम नै सफल रह्यो ।
विभिन्न निकायहरूबाट प्राप्त सूचनाको अध्ययन र विश्लेषण गर्दै रेग्मीले यहाँको विभिन्न युनिटमा प्रहरीलाई परिचालन गरेर अवैध धन्दालाइ नियन्त्रणमा लिन समेत आफैं क्रियाशिल रहे । लागूऔषध बरामद तथा नियन्त्रणमा अगाडि रहेको उनी करणीका घट्नामा समेत त्यत्तिकै अगाडी देखिएका छन् ।
२०७८ साल चैत २० गतेदेखि ईलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्न आइपुगेका रेग्मीले लागूऔषध ओसारपसारलाइ नियन्त्रणमा लिन विशेष अप्रेसन नै चलाए ।
लागूऔषध नियन्त्रणमा आक्रमक देखिएका उनलेे ३ महिनामै ८ पुरुष र १ महिला गरेर ९ जनालाइ पक्राउ गर्न सफल भए । लागूऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट, नुफ्रीङ २ एम एलको १३७ एम्पुल, डाइजेपाम २ एम एलको १३८ एम्पुल, फेनारगन २ एमएलको १३८ एम्पुलसहित उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै, जवरजस्ती करणी उद्योगमा गत, चैत २९ गते पक्राउ परेका कालिका नगरपालिका ३ बस्ने बर्ष २४ को बिज्ञान महत्तोमाथि आवश्यक अनुसन्धानपछि ५० हजार धरौटीमा छुटेका थिए ।
त्यस्तै, नाबालिकालाइ ललाइफकाई जवरजस्ती करणी गरेको घट्नामा संलग्न ३ जना प्रतिवादी लाई पक्राउ गरेको प्रहरीले सम्मानित अदालतको आदेशपछि २ जना पुर्पक्षका लागी कारागारमा गएका थिए भने एक जना अनुसन्धानकै क्रममा रहेका छन् ।
त्यस्तै, समाजमा डरत्रास देखाइ गुण्डागर्दी गर्ने २६ जनालाई समेत प्रहरीले पक्राउ गरी उनीहरु विरुद्ध ११ वटा मुद्दा दर्ता गरी सार्वजनिक हित स्वास्थ्य सुबिधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरी सफल भएको छ । यी मध्य २२ जना धरौटीमा छुटेका थिए भने, ३ वटा अनुसन्धानकै क्रममा रहेको छ भने एक जना कारागार गएका छन् ।
त्यस्तै, अवैध रूपमा नदीजन्य गिट्टी बालुवाको उत्खनन गर्ने ६ वटा ट्याक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी रत्ननगर नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।
यता, जेठ २३ गते कालिका नगरपालिका ६ खोलेसिमलमा रहेको एक मिस्ठान पसल तोडफोड गरेर १० हजार रुपैयाँ लुटेर भाग्ने कालिका नगरपालिका ३ बस्ने बर्ष २२ को बिबेक तामाङलाइ नगदसहित पक्राउ गरेर प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यता, जेठ २४ गते रत्ननगर नगरपालिका १० नमुनाटोलमा रहेको कस्मेटिक पसल र गोदमबाट सामान चोरी गर्ने रत्ननगर नगरपालिका १० का सुरज लामा र बिनोद थापालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्य एक जनालाई प्रहरीले धरौटीमा छाडिसकेको छ भने, अर्को अनुसन्धानकै क्रममा रहेको छ ।
त्यस्तै, ३२.२५ क्युफिट र ४०९ क्युफिट चिरान काठसहित ना ४ च ७९१९ नम्बरको बोलेरो गाडी लाई दुई वटा मुद्दामा नियन्त्रणमा लिइ वन पैदावर कसुरमा आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय भरतपुर पठाइएको छ ।
रत्ननगर प्रहरीको अनुसन्धानलाई आधुनिक प्रविधि सँग जोड्दै अनुसन्धान प्रतिको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले बजार परिसरमा डिएसपी रेग्मीले विशेष प्रहरीलाई परिचालन गर्दै अपराध र अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिन सक्रिय देखिन्छन् ।
जेठ २६ गते साँझ ४ बजेको समयमा रत्ननगर नगरपालिका ३ स्थितमा रहेको कयर खोलामा आफ्नै श्रीमती राममाया तामाङलाई मादक पदार्थ सेवन गरी लात्तीले हानेर धकेल्ने श्रीमान बर्ष ४२ को राजु तामाङलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको छ ।
अहिले उनको श्रीमतीको उपचारका क्रममा मृत्यु भइसकेको छ भने घट्नाका आरोपित मृतकका श्रीमानलाई रत्ननगर प्रहरीले ३ दिनभित्रै पक्राउ गर्न सफल भएको यो तथ्यले नै स्पष्ट पार्दछ ।
यस्को अलावा स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले समेत यस क्षेत्रलाई संवेदनशिल मानिएको भएपनि कुनै अप्रिय घटना नभई निर्वाचन सम्पन्न गराउन उनी सफल भए ।
चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि रत्ननगरमा यसपटक कुनै अप्रिय घटना हुन पाएन ।
डिसपी रेग्मीले शान्तिसुरक्षाको विषयमा निकै चलाखीपूर्ण तरिकाले अध्ययन गरेका कारण निर्वाचन सफल भएको यहाँका राजनीतिक दलका प्रतिनिधिहरु बताउँछन् । अघिल्लो निर्वाचनमा मत गणनाका क्रममा मतपत्र च्यातिएको घटनाले पनि चितवन प्रहरीलाई झस्काएको थियो ।
उनको कमान्डमा अहिले ईलाका प्रहरी कार्यालयमा ७३ जना प्रहरी कर्मचारीको आवश्यक पर्छ । तर, ईलाका प्रहरी कार्यालयमा हाल ५३ जना प्रहरी कर्मचारी मात्रै छन् ।
मातहत प्रहरी इकाईका कर्मचारी समेत हेर्ने हो भने ९६ जना मात्र प्रहरीले अहिले रत्ननगरको सुरक्षामा प्रत्यक्ष खटिएका छन्, जुन जनसंख्या भन्दा धेरै अपुग छ । कम जनशक्तिको बाबजुद पनि रेग्मीले परिचालन गरेका प्रहरीहरु यतिबेला ओहोरात्र खटिएका छन् । उनको यो मिहेनत र लगावले गर्दा नै रत्ननगरबासीले सुरक्षाको चैंयन गर्न पाएका छन् ।
यसरी अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरु पक्राउ पर्दा पीडितले पनि समयमै न्याय पाउने गरेका छ्न् । अपराध निर्मुल पारी सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सदैव अग्रसर रहने रेग्मीले आफुलाइ संगठन प्रमुखले जुन उद्देश्यले यहाँ खटाइएको हो, त्यसको कुनै पनि हालतमा बिचलित नभइ सदैव सेवामा सम्पर्ति रहने बताए ।
कुनै पनि घटना समाजमा घट्छ भने त्यसको अपराधी देख्ने पहिलो साक्षी समाज नै हुन्छ, (डिएसपी) रेग्मीले भने, त्यसकारण जब अपराधिक क्रियाकलापका विरुद्ध नागरिक बोल्छ तब मात्रै हामीले चाहेको समाजको परिकल्पना गर्न सक्छौं र अपराधलाई जरैबाट उखेल्न सक्छौं, उनी भन्छन्: म सङ्गठनको विश्वास कायम राख्दै काम गर्ने गर्छु, यहाँ विभिन्न जात, समुदाय र वर्गका मानिसको बसोबास भएको जिल्ला हो । सबैको आवाज सुनुवाइ गर्न सक्ने वातावरण बनाउँदै लगेको छु ।’
प्रहरीले गर्ने शान्तिसुरक्षा र अपराध नियन्त्रण नै हो । गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसा आदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनीहरूको लागी प्रमुख चुनौती हुने छ । यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्