चीनबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी
काठमाडौँ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ पछि चीनबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई पर्सी असार २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी भएको जनाएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पर्सिदेखि दुई सय ८१ जना विद्यार्थीलाई अध्ययनका लागि पुन चीन पठाइने र त्यसपछि बाँकी विद्यार्थीलाई पनि पठाउनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता लम्सालले चिनिया दूतावासको समन्वय र सहकार्यबाट नेपालबाट अध्ययनका लागि चीन फर्काउनुपर्ने सम्पर्कमा रहेका सबै ८ सय ५० जनालाई नै पठाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
प्रवक्ता लम्सालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या र मागका सम्बन्धमा नेपाल सरकारले उच्च प्राथमिकताका साथ कुरा उठाइरहेको र त्यस विषयमा सम्बोधन गर्नका लागि नेपाल र बेलायतबीच दुई पक्षीय वार्ता गर्ने सहमति पनि भइसकेको बताउनुभयो ।
उहाँले त्यस विषयमा हाल प्रारम्भिक छलफल सुरु भएको र पूर्व गोर्खा सैनिकका प्रतिनिधिहरूको सहभागितामा उनीहरूका माग सम्बोधन गराउन लण्डनस्थित नेपाली दूतावास लागि रहेको बताउनुभयो ।
ई–पासपोर्ट वितरणलाई राहदानी विभागले प्रभावकारी बनाउँदै गइरहेको जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले हाल प्रत्येक दिन २ हजार ४ सय जनाले अनलाइनमार्फत फारम भर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चिनिया दूतावास, #सेवा लम्साल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्