सरकारले किसानको वास्ता गरेन: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रवन्ध नगरेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको खाद्यान्न आयात भएको बताउनुभयो।‘नेपाल जस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अरबको चामल आयात कसरी भयो ? कृषि प्रधान देश ६० प्रतिशत भन्दा बढी जनता कृषिमा संलग्न छन्,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस्तो अवस्थामा कृषि प्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदी, नाला, उर्बर फाँटहरू छन्। जहाँको जनसंख्या तीन करोड भन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं एक वर्षमा।’
‘यो अत्यन्तै अशोभनीय स्थिति हो। यसकारण की उपयुक्त नीतिका साथ हामी कृषिको आधुनिकरण गरेर, कृषिको व्यवसायीकरण गरेर र कृषि क्षेत्रमा आजको समय अनुसार चाल्न पर्ने नीति साथ अगाडी बढ्न सकेनौं,’ उहाँले भन्नुभयो।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्