आफूलाई बद्नाम गर्ने टिपेक्स लगाएर एसपीपी सम्झौत पत्र सार्वजनिक गरियो: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपी सम्झौतमा आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दावी गनुृभयो । उहाँले भन्नुभयो, राजेन्द्र वहादुर क्षेत्री जिवितै हुनुहुन्छ, त्यो उहाँलाई सोधे हुन्छ नि ? ततकालिन प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएको उहाँको तर्क थियो । हातले लेखेर केरमेट गरिएको छ । सवै लाइनमा टाइप गरिएको छ बीचको ५० चाहि कसरी हातले लेखियो ? उहाँको प्रश्न थियो । यो छलि काम अहिलेको सरकारले गरेको छ ।
यदि मेरै सरकारमा भएको छ भनेपनि त्यो गलत छ त्यो मेरो जानकारी बिना भएको छ, अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले आफ्नो समयमा कुनै हस्ताक्षरण गरेको प्रमाणित गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘यस बिषयमा अमेरिकन एम्बेसीले पनि सत्य बोलोस । म प्रधानमन्त्री हुनुभन्दा अगाडि नै पत्र लेखिएको छ । यसमा एम्बेसीले बोलोस भन्ने लागेको छ ।’
हातले नलेखेको कहिलेको मितिमा पठाएको थियो त्यो निकाल्न सरकारलाई आग्रह गर्दछु ओलीले भन्नुभयो । राष्टि«यता भन्ने चिज तमासा देखाएर, हाउभाउ गरेर, नखरा देखाएर, झुक्याउने अभिनय गर्ने चिज नभएको भन्दै सत्य तथ्य पत्ता लगाउन आग्रह गर्नुभयो । ‘राष्टि«यता भनेको आफनो देश आफनो राष्ट्र आफनो राष्टि«यता आफनो जनता भुगोलदेखि समाजका सम्पुर्ण पक्षको समग्र हितमा तलमाथि गर्न नपाओस भन्नेमा हामी सजग छौ।’ त्यसको सुरक्षासम्मका कुरा समेटिन पाउन । एमसिसि शेरवहादर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो ।
उहाँहरुले नै पास गनुृभयो । बीचमा खुब हल्ला गर्नुभयो । प्रचण्ड र देउवाले सरकारी खर्चमा मानिसलाई लटपटयाएर ५ महिनाभित्र हामी पास गछौ भनेको होइन ? पत्रकारलाई पनि लटपटयायर उहाँहरुले पास गर्ने । अर्कोतिर पास हुँदैहुदैन भनेर अन्तराष्टि«य रुपमा पनि भुमिका खेलेर आउने। जनतालाई धोका दिएर पास गर्ने । अनि सवैभन्दा बढि पनि आर्फै सडकमा उफ्रिने त मााओवादी थिएन र ? सभामुखकै पद जानेभएपछि एमसिसि पास भएको अध्यक्ष ओलीले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, सभामुखको पदसँग एमसीसी साटिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्