अविरल वर्षाले बुटवलको ज्योति नगरमा पुनः लेदोसहितको पहिरो
रुपन्देही । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाले बुटवलको ज्योति नगरमा पुनः लेदोसहितको पहिरो झरेको छ । चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा लेदो पानी पसेको छ भने चुरेबाट ठूला ढुङ्गा बगाएर ज्योति नगरसम्म ल्याएको छ ।
गत वर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मीनगर, ज्योतिनगर, मिलनपथका स्थानीयहरूमा फेरि चुरेबाट लेदो बग्न सुरु गरेपछि त्रास बढेको छ ।
अघिल्लो वर्ष गएको चुरे पहिरो नियन्त्रणका लागि सुस्त गतिमा काम हुँदा अहिले पनि चुरेले त्रास बढाएको स्थानीयको भनाइ छ । कमजोर तारबार लगाउँदा सामान्य पानी आउँदा पनि ज्योति नगरमा लेदो सहितको पहिरो आएको स्थानीय वसुन्धरा बस्याल तिवारीले बताउनुभयो ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहालले चुरे पहिरो सामान्य ढङ्गले व्यवस्थित नहुने जान्दाजान्दै पनि तत्कालीन अवस्थालाई मात्र ध्यानमा राखेर काम चलाऊ नियन्त्रणका प्रयास गर्दा अब ज्योतिनगर, लक्ष्मी नगरमा वर्षेनी पहिरो जानसक्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिँचाइ र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताउनुभयो । उहाँले दिगो व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारमार्फत बजेटको व्यवस्था गर्न पहल भइरहेको बताउनुभयो ।
सो क्षेत्रमा गत वर्ष पनि पहिरोले १२ घरमा पूर्ण क्षति पुराएको थियो भने दर्जनौँ घर विस्थापित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुटवल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्