मन्त्री पद गुमेका समाजवादीका नेताहरु बैठकमा गएनन्

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन्। नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन्। बैठकमा विरोध खतिवडा भने उपस्थित छन्।
खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए। सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन्।आलेको मोवाइलमा सम्पर्क हुन सकेन भने श्रेष्ठ पारिवारिक काममा व्यस्त भएको भन्दै बैठकमा नगएको बुझिएको छ।नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन्।अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #प्रेम आले, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्