Techie IT
सोमबार, वैशाख २२,२०८२

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ


काठमाडौँ । बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापको सुनपाती गाउँपालिका वडा नं.४ स्थायी घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी बस्ने बर्ष ४३ का बिनोद लामा भन्ने बिनोद घिसिङलाई पक्राउ गरेको हो ।

उनमाथि मेगा बैंक लिमिटेड बौद्ध शाखामा रहेको आफ्नो खाताहरुबाट रकम भुक्तान हुने भनी बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएको आरोप थियो ।

घिसिङले चेक लेखेको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसूरमा २०७८ पुष २७ गते एक करोड २ लाख ५० हजार नगद जरिवाना र २१ दिन कैद सजाय तोकेको थियो ।

घिसिङलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम सजाय र जरिवाना तोकिएपछि फरार थिए ।

अदालतको फैसला कार्यान्वयनका लागि ब्यूरोबाट परिचालित टोलीले उनलाई मंगलबार जोरपाटीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा बुझाए जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #बैंकिङ कसुर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545