नयाँ पार्टी दर्ता गर्दै वामदेव गौतम
काठमाडौं । नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो ।
गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ ।गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लाग्नुभएको हो ।
घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल,आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #वामदेव गौतम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्