‘राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ: अध्यक्ष ‘प्रचण्ड’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढिरहेको बताउनुभएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको बताउनुभयो ।
१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताउनुभयो ।
संविधानको प्रस्तावनामा नै मुलुक समाजवाद उन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री दाहालले नागरिकको जीवन स्तरलाई माथि उठाउन संविधानमा धेरै महत्त्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले परिवर्तनलाई जनताको घर दैलोमा पुर्याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनुपर्नेमा राजनीतिक नेतृत्वबिच समान सोच बन्न नसकेको बताउनुभयो ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्