दिलमाया सुनारको हत्या आरोपमा सूर्य श्रेष्ठ भनिने खिल बहादुर श्रेष्ठविरुद्ध जाहेरी
काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपमा उनका बुबाले सूर्य श्रेष्ठ भनिने खिल बहादुर श्रेष्ठविरुद्ध जाहेरी दिएका छन् ।
दिलमायाका बुबा केशर विकले प्रहरी वृत्त बालाजु पुगेर श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धि कसुरमा जाहेरी दिएका हुन् ।
आइतबार काठमाडौँको बानियाटारस्थित डेरामा दिलमाया मृत भेटिएकी थिइन् । प्रहरीले घटनास्थलमा उनको मोवाइल फोन पनि भेटिएको जनाएको छ ।
श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ काठमाडौँमा सुन पसल चलाउँदै आएका थिए ।
प्रहरीले दिलमायाको घाँटीमा निलडाम देखिएको जनाएको छ भने श्रेष्ठले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकारेका छन् ।
दिलमायाको फेसबुकमा आफू जीवनदेखि निराश भएको र मर्न लागेको आशयको स्टाटस पनि फेला परेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #दिलमाया सुनार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्