भारतीय नागरिकको समूहले चालकलाई बाँधेर लुटेको कार फेला

धनगढी । कैलालीको गोदावरी जंगलबाट पहिचान नखुलेका भारतीय नागरिकको एक समूहले चालकलाई बाँधेर लुटेको कार फेला परेको छ । प्रहरीले गोदावरी–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा कारलाई बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनकाअनुसार कारको अवस्था ठिक छ । तर, लुटेराहरू फरार नै छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलाबाट डडेलधुरा स्थित आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी उनको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार लुटिएको थियो ।
महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि निर्घात कुटपिट गरी बाँधेर छोडेका थिए । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनगढी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्