नागार्जुन नगरपालिकाको बजेट २ अर्ब २१ करोड
काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी वर्षका लागि दुई अर्ब, २१ करोड तीन लाख, ८० हजार रूपियाँको बजेट नगर सभामा पेश गरेको छ । शुक्रबार सम्पन्न छैठौं नगरसभामा उक्त बजेट पेश भएको नागार्जुन नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु खर्चका लागि ५१ करोड, १४ लाख, दश हजार र पुँजीगत खर्च एक अर्ब, ६९ करोड ८९ लाख ७० हजार रहेको नगर उपप्रमुख सुशीला अधिकारीले बताइन ।
नगर प्रमुख मोहनबाहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख बस्नेतले नगरपाकिालाई समृद्ध बनाउने गरी बजेट कार्यान्वयन हुने बताए ।
उहाँले राष्ट्र ,राष्ट्रियता र नेपालीपन रहेन भने देशमा समस्या आउने तथा राष्ट्रिय सहमति भएन भने देश दुर्घटनामा जान सक्ने अवस्था हुने बताउनुभयो। श्रीलंकाको जस्तै हालत हुन सक्ने भएकाले सबैले सहमति गरेर अगाडि बढ्नुपर्ने कुरा औल्याउनु भएको थियो। बजेट दिँदा बोर्ड बैठकले पारित गरेर मात्र दिने भएकाले यसमा शंका नगर्न स्पष्ट पार्नुभयो। उहाँले आफूले कहि कतै गल्ती गरेको प्रमाणित भएमा आफुले राजनीतिबाट विदा लिने घोषणा गर्नुभयो र नागार्जुन नगरपालिका हामी सबैको साझा नगरपालिका भएकोले सबै मिली अघि बढ्नुपर्ने बताउनुभयो ।नीति तथा कार्यक्रम नगरपालिकाको विकासको लागि कोशेढुङ्गा बनोस् डिजिटल प्रविधिको विकास होस् भनेर वक्ताहरुले आफ्नो विचार राख्नुभएको थियो। पूर्वमन्त्री सुरेश मल्लले “हाम्रो नागार्जुन राम्रो नागार्जुन” भन्ने वाक्यांशलाई लिएर हिंड्न सुझाव दिनुभयो। पूर्वमन्त्री विक्रमबहादुर थापाले राष्ट्रिय एकता दिवस पौष २७ मा नागार्जुन नगरपालिका अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णयमा खुशी व्यक्त गर्दै नैतिक संस्कृत शिक्षामा जोड दिने कुरा यस नीति ,बजेट तथा कार्यक्रममा समावेश गरिएकोमा खुशी व्यक्त गर्नुभयो।

कुहिने फोहोरबाट कम्पोष्ट मल बनाइ नगरपालिका भित्र र बाहिर अरु पालिका वा जिल्लामा समेत सहकारी र निजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति बनाएको छ । नगरपालिकाको आन्तरिक राजश्व बढाउँदै जाने, सकारात्मक सोच सहित नगरबासीको सन्तुष्टिको अभिबृद्धिका लागि विभिन्न उमेर समूह अनुसार खेलकुद, पार्क, मनोरञ्जन स्थल, योग मेडिटेशन स्थल, धार्मिक तथा तिर्थस्थलको विकास र विस्तार गर्ने, कृषि उत्पादकत्वमा वृद्धि र उद्यमशिलता प्रबद्र्धन गर्ने नीति बनाएको छ । भूउपभोग सम्बन्धि प्रचलित नीति तथा कानुनको अधिनमा रहि भूमी वर्गिकरण र भूउपभोग योजना तर्जुमा गर्ने, विशेष पकेट क्षेत्रको पहिचान गरी सामूहिक रुपमा कृषि उत्पादन गरी सहकारी र नीजी क्षेत्रमार्फत विक्री वितरण गर्ने नीति नगरपालिकाले बनाएको छ । रोजगारीको अवसर बढाउन प्राथमिकता पहिचान गरी सहजिकरण गर्ने, नगरबासीमा उत्तरदायि र जवाफदेहि सरकारको अनुभूति दिलाउने नीति नागार्जुन नगरपालिकाले बनाएको छ । निम्न आय भएका परिवारको पहिचान गरी आधुनिक कृषि औजार वीउविजन वितरण गर्ने, भूउपयोग योजना अनुसार भूमीको वर्गिकरण गर्ने नीति बनाएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरपालिकाले विनियोजन विधयेक सभामा पेश गरेको छ । नगरपालिकाले पुस २७ गते राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीका दिन बिदा दिने सर्वसम्मत निर्णय गरिएको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । सभामा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नगरपालिका स्थानीय सरकार भएकाले नगरपालिकाले स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्नुपर्ने बताए ।
नागार्जुन नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता महेश रिमालको उद्घोषणमा सम्पन्न उक्त सभामा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई नगर प्रमुख मोहनबहादुर बस्नेतबाट मायाको चिनो प्रदान गरिएको थियो।



क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्