Techie IT
शनिबार, कात्तिक ८,२०८३

कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु


काठमाडौँ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो।त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #डुबेर मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्