Techie IT
शनिबार, जेठ ११,२०८२

आज तारकेश्वर नगरपालिकामा नीति , कार्यक्रम र बजेट पेश गरिदै


काठमाडौ( देशैभरीका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।

स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार आज तारकेश्वर नगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको हो । काठमाडौंका केही पालिकाहरुले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । तिनीहरुले पनि बजेट आज सार्वजनिक गर्दैछन् ।

धर्मस्थलीमा आज ११ बजेबाट सुरु हुने नगरसभामा बिभिन्न राजनैतिक दलका प्रतिनिधि र सरोकारवाला सम्पूर्ण निकायलाई उपस्थीतीका लागी अनुरोध गरेको छ ।
संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।

यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको थियो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #देशैभरीका स्थानीय तह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:09 am6:52 pm +0545