एनआरएनएले काठमाडौँ महानगरको स्तरोन्नतिका लागि सहयोग गर्ने

काठमाडौँ, ९ असार । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र हालसालै निर्वाचित काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैरआवासीय नेपाली संघले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी काठमाडौँ महानगरपालिकाको स्तरोन्नति, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ।
त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ’स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताएका छन् ।
भेटको क्रममा मेयर शाहले काठमाडौंको कला–संस्कृति,सम्पदा लाई विश्व सञ्जालमा चिनाउनको निमित्त गैरआवासीय नेपाली संघ लाई आग्रह गरेका छन् ।
त्यस्तै ’कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरेका थिए ।
गैरआवासीय नेपाली संघले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताएका छन् ।
उक्त भेटघाट कार्यक्रममा युरोपका क्षेत्रीय संयोजक चिंतामणि सापकोटा, युरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपाने लगायतका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालि, #गैरआवासीय नेपाली संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्