विद्युतीय सामाग्रीको प्रयोग बढाउन नियमित विद्युत् आपूर्ति हुनुपर्ने माग

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले छलफलमा भाग लिँदै पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो, सवारी साधनको प्रयोग गर्न नियमित विद्युत् आपूर्ति हुनुपर्ने भन्दै विद्युत्को उपयोग बढाएर पेट्रोलियम पदार्थको आयत घटाउनुपर्ने बताउनुभयो ।
सांसदहरुले विद्युतीय चुल्होको दिगो प्रयोगका लागि पहिले विद्युत्को भौतिक संरचनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले वर्षायाम सुरु भएसँगै १७ लाख मानिस विपद्जन्य घटनाबाट प्रभावित हुने भन्दै यसमा पूर्व तयारी आवश्यक रहेको, आमाको नामबाट नागरिकता प्राप्त गर्न नागरिकता विधेयक यही अधिवेशनबाट पास गरिनुपर्ने, जग्गा धनी प्रमाणपत्र वितरणलाई निरन्तरता दिनुपर्ने, गुठी संस्थानमा रहेका सम्पत्ति अव्यवस्थित रुपमा वितरण हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद भैरव सुन्दर श्रेष्ठले विनियोजन विधेयक २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
आजको छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, गृह, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकको विभिन्न शीर्षकहरूमाथि सांसदहरुले राखेको धारणामा सम्बन्धित मन्त्रालयले यही असार १२ र १३ गते जवाफ दिने कार्यक्रम रहेको छ ।
यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ पेश गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको १ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्