भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक नजिक आदर्शचोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सुर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसरका अनुसार आज बिहान २ बजे भएको सो दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिब ३ बजेतिर दुवै जनाको मृत्यु भएको हो ।
परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मोटरसाइकल सवार भक्तपुर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ का निश्चल चौगुठी र अर्का नाम थर नखुलेका अन्दाजी वर्ष २० का पुरुषको मृत्यु भएको बताउनुभयो ।
मृतक दुवैको शव भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने बर्ष ३५ को धनबहादुर थोकर प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेकोसमेत प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्