यौन हिंसा सम्बन्धी मुद्दाका लागि द्रुत अदालतको व्यवस्था गरिनुपर्नेमा जोड
काठमाडौँ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि दफावार छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले विधेयकमाथि प्रस्तुत गर्नुभएको बुँदामा छलफल भएको हो ।
बैठकमा सांसदहरुले जवजस्ती करणीलाई मात्रै यौन हिंसाका रुपमा हेर्न नहुने र बलात्कारका घटनाका दोषीलाई आजीवन कारवास सजायको व्यवस्था गरिँदा पनि घटनाहरू बढ्दै गएकाले अपराधीलाई दिइने सजायको स्वरूप बदल्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड दिनभयो ।
उहाँहरूले यौन हिंसाका घटनामा झुटा मुद्दा दायर गर्नेलाई पनि अपराधमा संलग्न हुनेलाई जत्तिकै पूर्ण सजायको व्यवस्था कानुनी रूपमै गरिनुपर्नेमा पनि जोड दिनुभयो ।
महिलामाथि हुने हिंसाका घटनाका स्वरूपहरू परिवर्तन भएको वर्तमान सन्दर्भमा संशोधनमार्फत कानुनहरू समयानुकूल बनाउन बैठकमा सांसदहरुले सुझाव दिनुभयो ।
सांसदहरू पुष्पा भुषाल रेखा शर्मा, पूर्णकुमारी सुवेदी, डिला सङ्ग्रौला, झपट रावल, पार्वतीकुमारी विशुंखे, रंगमती शाही, लक्ष्मी परियार, मिनाक्षी झा, सुजाता परियार, सरवत आरा खानम र अमृता थापाले किशोरीहरूले समाजमा बाँच्नै नसक्ने अवस्था आएकाले बालिका तथा किशोरीमाथि हुने हिंसाका घटनाका मुद्दालाई छिनोफानो गर्न द्रुत अदालतको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । b
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यौन हिंसा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्