बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट

लन्डन। भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ ।
गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको दूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुुभयो ।
वार्ताको मिति भने अझै तोक्न नसकिएको तर नेपालको तर्फबाट छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ । छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्