Techie IT
सोमबार, वैशाख २२,२०८२

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


तनहुँ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका- ५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका-३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545