कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले बैठक सुरु हुनु अघि उठेर विरोध जनाए पछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिपक्षी दलका सांसदको तर्फबाट बोल्न खिमलाल भट्टराईलाई समय उपलब्ध गराउनु भएको थियो ।
सांसद भट्टराईले बढ्दो महँगी नियन्त्रण गर्न सरकारले कुनै पनि प्रभावकारी कदम नचालेको भन्दै सरकारबाट चित्त बुझ्दो जवाफ नआए सम्म छलफल अगाडि नबढाउन आग्रह गर्नुभएको थियो ।
अध्यक्ष तिमिल्सिनाले मूल्य वृद्धि गम्भीर जन सरोकारको विषय भएको भन्दै जवाफ दिन सरकाको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीको जवाफ सुन्न अनुरोध गरे पनि प्रतिपक्षी दलका सांसद भट्टराईले बढ्दो महँगीमा राहत सहितको प्याकेज घोषणा नगरे सम्म आफूहरूको विरोध जारी रहने बताएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,२०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,परराष्ट्र मन्त्रालय , खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्