चितवनमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु
चितवन । चितवनमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान १० बजेर १० मिनेटको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ अनुपम चोकस्थित भित्री सडकमा डेरी चोकबाट यज्ञपुरी तर्फ जाँदै गरेको ना १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर तर्फ आउँदै ना३३ प ३६६९ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार विनोद थापाको उपचारको क्रममा ११ः४३ चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक बाग्लुङ्ग हरिया गाउँपालिका बस्ने आयुष बोहोरा गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवन, #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्