अदालतबाट १३ लाख जरिवना ठहर भएका तामाङ पक्राउ

काठमाडौं। नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय रु रु १३ लाख जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ । तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्