Techie IT
शनिबार, जेठ ११,२०८२

भरतपुरको राजश्व असुली ६ दशमलव ८२ प्रतिशतले बृद्धि


चितवन । चालु आर्थिक वर्ष ०७८–०७९ को जेठ महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली ६ दशमलव ८२ प्रतिशतले बढेको छ ।

कार्यालयलाई विभागले सो महिनाको लागि २ अर्ब ८८ करोड ७१ लाख ८९ हजार लक्ष्य दिएकोमा कार्यालयले ३ अर्ब ८ करोड ४१ लाख ९४ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहाल कर, ब्याजदर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, स्वास्थ्य सेवा र शिक्षा सेवा करमा राजश्व असुली गर्दै आएको छ ।

ती शीर्षकमध्ये कार्यालयले आयकर र अन्तःशुल्क बाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन । जस अनुसार आयकर शीर्षकमा जेठ महिनामा १० करोड ११ लाख ८८ हजार लक्ष्य दिइएकोमा कार्यालयले १२ करोड ७८ लाख २४ हजार रुपैंया असुली गरेको छ । अन्तःशुल्क शीर्षकमा २ अर्ब ४९ करोड ६८ लाख ३६ हजार लक्ष्य दिइएकोमा कार्यालयले २ अर्ब ८० करोड १६ लाख ९१ हजार रुपैंया राजश्व असुली गरेको छ ।

विभागले वार्षिक १ अर्ब भन्दा माथि कारोबार गर्नेलाई ठूला करदाता, ५० करोडसम्म कारोबार गर्नेलाई मझौला करदाता र त्यो भन्दा कम कारोबार गर्नेलाई साना करदातामा वर्गीकरण गरेको छ ।

कार्यालयले यो चालु आर्थिक वर्षको लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार लक्ष्य दिएको ११ महिनाको अवधिमा १९ अर्ब ७३ करोड २१ लाख ७३ हजार राजश्व असुलेको कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #न्तरिक राजश्व कार्यालय, #भरतपुर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545