वीरगञ्जको मुख्य बजार जलमग्न
वीरगञ्ज । आज दिउँसो परेको एक घण्टाको पानीले वीरगञ्जको मुख्य बजार जलमग्न भएको छ । साँढे दुई बजेदेखि एक घण्टा परेको अविरल वर्षाको कारण वीरगन्जका अधिकांश क्षेत्र जलमग्न भएको हो ।
अविरल वर्षाको कारण वीरगञ्ज नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेपछि जनजीवन समेत प्रभावित बन्यो । वीरगञ्जको आदर्शनगर, भाजुरत्न चोक, कर कार्यालयको ऐरिया, रामगढवा, रानीघाट, जेलरोड, गणेशमान चोक, पानीटंकी, भिषुवा, छपकैया, मुर्लि, श्रीपुर, चिनी मिल आवास क्षेत्र लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका सयौँ घरहरूमा पानी पसेको छ ।
वीरगञ्जको आदर्शनगर स्थित कैलाश होटलचोक, गीता मन्दिर चोक अगाडीको सडक खण्डमा झण्डै ३ फिट भन्दा बढी पानी जमेको ट्रान्सपोर्ट व्यवसायी हरेन्द्र साहले बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा झण्डै ३ फिट पानी जमेको कारण आवतजावत गर्न समस्या भएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #वीरगञ्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्