पेट्रोलियम पदार्थ मूल्यवृद्धिको कारण बारे सदनमा जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । नेकपा एमालेले मूल्यवृद्धिविरुद्ध संसदमा सरकारको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेकी सांसद पद्मा अर्यालले मूल्यवृद्धि अचाक्ली भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिले जनतामा असर पर्ने भएको बताउँदै महँगीविरुद्ध एमालेले विरोध गरेको हो ।
एमालेले सरकारको चित्तबुझ्दो जवाफ नआउँदासम्म संसद चल्न नदिने समेत अर्यालले बताइन् । इतिहासमा पहिलो पटक ठूलो महँगी भएको उनको भनाई छ । केही दिन अगाडि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो ।
जसमा पेट्रोलियम पदार्थको मुल्य स्वचालित मुल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्रि मुल्य परल मुल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको थियो।
सोही विषयलाई उल्लेख गर्दै उनले जनताका हरेक गतिविधिमा असर पर्ने भएकाले तत्काल मूल्यबृद्धि फिर्ता लिन माग गरिन् । उनको भनाईलाई समर्थन गर्दै एमाले सांसदहरु उठेर मूल्यबृद्धिको विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन्।
सभामुखले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् । सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अग्निप्रसाद सापकोटा, #मूल्यवृद्धि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्