उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने प्रसाईंको घोषणा
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले यूएईका राजकुमारले उपहारमा दिएको सुनको लौरो राज्यलाई दिने घोषणा गरेका छन् ।
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएन्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंलाई शनिबार दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले सुनको लौरो उपहार दिएका थिए ।
प्रसाईले आफूलाई उपहार दिएको सुनको लौरो राज्यलाई उपहार दिने बताए । उनले भने, ‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि, के को हो, के को हो भन्ने सोध्ने कुरो पनि भएन । तर पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु, हेरेको छैन ।’ उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि कुरा गरेको बताए ।
‘लौरो/लौरो भनेर धेरै कुरा आइसकेपछि मैले गृहमन्त्रीलाई राज्यलाई चाहिन्छ भने दिन्छु भनेको छु’ प्रसाईले भने, ‘गृहमन्त्रीले क्याबिनेटबाट निर्णय गरेर लिन्छु भनेका छन्, त्यसैले म दिन्छु ।’ उनले थपे, ‘मेरा बिजनेस पार्टनर (दुबईका राजकुमार) ले दिएको लौरो राज्यलाई दिन मलाई समस्या छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्गा प्रसाईं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्