पर्यटन मन्त्रीको अडियोबारे परीक्षण गरी कारवाहीको माग गर्दै उजुरी
काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरको अडियो प्रकरणबारे परीक्षण गर्न उजुरी परेको छ ।
मन्त्रि आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो ।
आलेविरुद्ध उजुरीमा अडिओको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिको सचिवालयमा आइतबार आलेविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा लेखिएको छ, ‘यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पु¥याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेमबहादुर आलेमगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्