५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं। पाँच वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई लगाउने २२ लाख भन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँच देखि १२ वर्ष मुनिका बालबालिकालाई दिन मिल्ने फाइजरको २२ लाख तीन हजार मात्रा खोप आज काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको अनुदानमा सरकारले करिब ८४ लाख डोज खोप पाउने मध्ये २२ लाख खोप आज प्राप्त गरेको हो ।
उक्त खोप आगामी असार ९ देखि १५ गतेसम्म २७ जिल्लामा सुरु हुने पहिलो चरणका खोप अभियानका लागि प्रयोग हुने चौरासियाले बताउनुभयो । सरकारले कुल ३९ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #फाइजर खोप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्