नेता बस्नेतद्धारा रानीखोला पुल उद्घाटन

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो पुल उद्घाटन गर्नुभयो ।
उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब छ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म रु ३३ करोड बजेटमा काम भइरहेको बताउनुभयो । सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भक्तपुरको विकासले पाँच वर्षको अन्तरालमा निकै फड्को मारेको भन्दै नगरपालिकाले कुनै विभेद नगरी विकासको काम गर्ने बताउनुभयो । त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापालगायतले विकासमा ऐक्यबद्धता जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यो पुल सञ्चालनमा आएसँगै पूर्वतर्फ गुण्डुबाट घ्याम्पेडाँडा, रानीकोट र पश्चिमतर्फ अनन्तलिङ्गेश्वर, दधिकोट, बिरुवा, सिरुटार जाने सहज हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #महेश बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्