संविधानप्रति प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको भीम रावलको आरोप
काठमाडौँ। नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको बताएका छन् ।
रावलले आफूले समेत हस्ताक्षर गरेर बनाएको संविधानप्रति प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाए ।
आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्ने बताए । उनले बैठकबाट एसपीपी सम्बन्धी अहिलेसम्मका प्रस्ताव रद्द गरेको पत्र लेख्न सरकारलाई निर्देशन दिनुपर्ने समेत बताए ।
बैठकमा रावलले भने, ‘हिजो म पनि त्यो उहाँलाई प्रधानमन्त्री बनाउने समय सम्झन्छु । संविधानको रक्षा गर्न,लोकतन्त्र अप्ठेरोमा पर्यो भनेर मैले पनि सही गरेर प्रधानमन्त्री बनाइयो । इतिहासमा त्यसको समिक्षा होला, यही हो लोकतन्त्रको रक्षा गरेको ? यही हो संविधानको रक्षा गरेको ? यस्तो गैरजिम्मेवारी पनि हुन्छ ? समितिले खेद व्यक्त गर्नुपर्छ उहाँप्रति ।’ नेता रावलले प्रधानमन्त्री देउवा संसदबाट भागरे गल्ती ढाकछोप गर्न लागेको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्