सात वटा विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू राष्ट्रिय सभामा पेश
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न सात वटा विधेयकका विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पेश भएका छन् ।
बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले सार्वजनिक सेवा प्रसारण विधेयक–२०७७, अध्यागमन विधेयक –२०७६, अनुगमन तथा मूल्याङ्कन विधेयक–२०७६ तथा प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक–२०७६ को विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
सांसद मिश्रले विद्युत् विधेयक–२०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक–२०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरू पनि सभामा पेश गर्नुभयो ।
यस अगाडि सभाको विशेष समयमा बोल्दै सांसद अनिता देवकोटा विकास सहायता लिँदा सामरिक सम्बन्धको प्रश्न नउठ्ने गरी परिपक्व परराष्ट्र नीति अवलम्बन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद भगवती न्यौपानेले नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर अगाडि बढ्न चाहन्छ भन्ने कुरा दुवै छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रष्ट रुपमा भन्नुपर्ने बताउनुभयो ।
सांसदहरू तारामान स्वाँर, राजेन्द्रलक्ष्मी गैहे, विना पोखरेल, भैरबसुन्दर श्रेष्ठ, युवराज शर्मा लगायतले राष्ट्रियता कमजोर हुने गरी कुनै पनि आर्थिक सहयोग र सम्झौताहरू अगाडि नबढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खिमलाल देवकोटाले सरकाको आर्थिक गतिविधिहरू पारदर्शी नहुँदा विकास निर्माणका कामले गति लिन नसकेको बताउनुहुँदै मन्त्रालय र विभागका सम्पूर्ण आर्थिक गतिविधहरु अनिवार्य वेभसाईडमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्