जिल्ला समन्वय समिति तनहुँको निर्वाचन असार १३ गते हुने
तनहुँ । जिल्ला समन्वय समिति तनहुँको निर्वाचन यही असार १३ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधान रहेपनि केही ढिला गरी जिससको चुनावको मिति तय भएको छ ।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार ९ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ । यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् ।
चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहेको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि असार १२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
जिल्ला समन्वय समिति गठनका लागि तनहुँमा कुनै पनि दलको एकल बहुमत पुगेको छैन । त्यसैले सबै दललाई तालमेल आवश्यक छ । काँग्रेसले माओवादीसँग तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्ने बताएको छ । एमालेले तालमेल गर्न नसक्ने भएको छ ।
नेपाली काँग्रेसले तनहुँमा एकल जिल्ला समन्वय समिति गठन गर्न नसक्ने भएको छ । निर्वाचन परिणामअनुसार तनहुँको जिल्लासभामा काँग्रेसको एकल बहुमत नपुग्ने भएको हो ।
स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूको स्पष्ट बहुमत पुग्छ ।
जिल्लामा १० स्थानीय तह छन् । जिल्लामा सो समिति गठनका लागि मतभारको सङ्ख्या २० छ । यहाँ काँग्रेसको मतभार १० छ । यता एमालेको ६ र माओवादी केन्द्रको ४ जना रहेको छ ।
काँग्रेसबाट जिल्लासभामा व्यास नगरपालिकाका प्रमुख र उपप्रमुख, भानु नगरपालिकाका प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, ऋषिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाका अध्यक्ष, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष र म्याग्दे गाउँपालिकाका उपाध्यक्ष गरी १० जना रहनेछन् ।
यस्तै नेकपा एमालेबाट भिमाद नगरपालिकाका प्रमुख र उपप्रमुख, घिरिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाका अध्यक्ष र म्याग्दे गाउँपालिकाका अध्यक्ष गरी ६ जना रहनेछन् ।
यतै माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख र देवघाट गाउँपालिकाका उपाध्यक्ष रहनेछन् ।
२० सदस्यीय जिल्लासभामा एकल बहुमत नहुने भएकाले काँग्रेसले जिल्ला समन्वय समितिको लागी माओवादी केन्द्रको सहयोग आवश्यक रहन्छ । जिल्ला समन्वय समितिका लागी ११ सिट आवश्यक हुन्छ ।
यसअघि २०७४ मा काँग्रेसले एकल समन्वय समिति बनाएको थियो । समन्वयमा काङ्ग्रेसले प्रमुखसहित ५ र माओवादीले उपप्रमुखसहित ४ पद लिने बारे गठबन्धनमा छलफल भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति तनहुँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्