गाईघाटमा नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा
उदयपुर, ३ असार । उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि यहाँको पुल जोखिममा परेको छ ।
बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुङ्गा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउनुहुन्छ ।
चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो ।
शान्तिनगर टोलका रोका भन्नुहुन्छ, “बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुलका जग कमजोर बन्दै गइरहेको छ । ”
नियमानुसार पुलको ५०० मिटर आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन । बरुवा नदी क्षेत्रमा ट्र्याक्टर प्रवेश गरेर दिन र रातमा नदीजन्य पदार्थ मनपरी उत्खनन गरेर निकासी गर्ने गरिएको छ ।
त्रियुगा नदीको गाईघाट कद्माहा खण्डको गाईघाट जोड्ने पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ निकासी र उत्खनन हुन थालेपछि त्रियुगा नदीको पुल पनि जोखिममा पर्न थालेको गाईघाट दुर्गा टोलका सुमन साह र भागवत ठाकुर बताउनुहुन्छ ।-रासस
क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्