Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

तारकेश्वरका मेयर कृष्ण हरि महर्जन र बिधुत प्राधिकरणका प्रबन्ध निर्देसक कुलमान घिसिङ बिच भेटबार्ता , के भयो कुराकानी ?


काठमाण्डौ, तारकेश्वर नगर प्रमुख कृण्ण हरि महर्जन र नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देसक कुलमान घिसिङ बिच भेटबार्ता भएकोछ ।

तारकेश्वर नगरभित्र रहेका अब्यबस्थित बिजुलीका तारहरूले जुनकुनैबेला हुनसक्ने ठुला दुर्घटना निम्त्याउन सक्ने र नगरको सौन्दर्यलाई समेत मध्यनजर राख्दै मुख्य सडक खण्डका बिजुजीका तारहरुलाई माहानगरमा जस्तै अन्डरग्राउण्ड गर्नुका साथै र अन्य केबल र ईन्टरनेटकाताररुहरुलाई समेत ब्यबस्थित गरि मुख्य सडकका दायाँबायाँ बृक्ष रोपण गरी नगरको सौन्दर्य बढाउनको लागि प्राधिकरणले सहयोग गरीदिनका लागि मेयर मर्हजनले आग्रह गर्नुभएको छ ।

प्रधिकरणका निर्देशक कुलमान घिसिङ सामु नगर प्रमुखबाट ज्ञापनपत्र बुझाईको छ र प्रधिकरणका पक्षबाट पनि सकरात्मक बिचार आएकोछ। स्वच्छ, सफा र सुन्दर हरियालियुक्त्त नगर आजको आबश्यकता भन्ने मुल नारा अनुसार नै नगर प्रमुखले चाल्नु भएको यो दोस्रो कदम हो ।

यस भन्दा अघि पनि तारकेश्वर नगर प्रमुखले अब्यबस्थित जग्गा प्लटिङ गर्नका लागि नितिगत रुपमा रोक्का नगरिए पनि मौखिक रुपमा भने जानकारी गराई सक्नु भएकोछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्ण हरि महर्जन र बिधुत प्राधिकरणका प्रबन्ध निर्देसक कुलमान घिसिङ


तपाईको कमेन्ट लेख्नुहोस्