अव तारकेश्वरमा डोजर चलाउन नपाइने , जग्गाको कित्ताकाट पनि रोक

काठमाडौं । तारकेश्वर नगरपालीकाले नगरभित्र डोजर चलाउन रोक लगाएको छ । जग्गा प्लटीङ्ग गर्ने नाममा डोजर चलाउदा बर्खायाममा हुन सक्ने प्रकोपबाट सम्भावीत खतरा रोक्न नगरपालिकाले सूचना जारी गर्दे अर्को सूचना जारी नभएसम्म डोजर चलाउन रोक लगाएको छ । नगरपालिकाका ईन्जिनियर पूर्णकाजी मर्हजनद्धारा जारी गरिएको सूचना अनुसार कसैले डोजर चलाइएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने र अन्यब्यक्तीको सम्पतीमा क्षती भएमा स्वंयमले भरताल गर्नुपर्ने छ ।
जग्गाको कित्ताकाट पनि रोक
सरकारले गत २३ जेठमा जारी गरेको भू(उपयोग नियमावली(२०७९ले नियमावली अुनसार अव तारकेश्वरमा पनि वर्गीकरण नभएका जग्गाहरु धितो ,बन्धकमा , कित्ताकाट आदी सबै बन्द भएको छ ।
नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरुले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो रुपमा राख्न नसकिने देखिएको छ ।
तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो ।
खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नु पर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको रुपमा जग्गा वर्गिकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का नगरेपछि मन्त्रालयले नयाँ निर्देशन जारी गरेको बुझिएको छ । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्नुपर्ने निर्देशनमा छ ।
यस्तो छ नगरपालिकाले जारी गरेको सूचना
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा डोजर चलाउन नपाइने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्