राज्यमन्त्री विमलाको हर्कतबारे एमालेले माग्यो मुख्यमन्त्रीको जवाफ
रूपन्देही, १ असार । लुम्बिनीमा नेकपा एमालेले राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिलामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीको जवाफ माग गरेको छ ।
एमालेले त्यस विषयमा मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदन सुचारु गर्न दिने जनाएको छ । त्यसपछि सदन स्थगित भएको छ ।
सदन सुरू भएसँगै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी रहे पनि एमालेले जवाफ मागेपछि कार्यक्रम धकेलिएको हो ।
मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेकी थिइन् ।
एमालेले मंगलबार नै उनको बर्खास्तीको माग गरेको थियो । त्यस्तै, उनलाई मुख्यमन्त्री केसीको चर्को दवावमा उनलाई बुटवल लगिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्