तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा सवै जिल्ला कार्यसमितिलाई परिपत्र
काठमाडौँ । नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् ।
प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सवै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने र गराउन उनको निर्देशन छ । सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरुको तत्काल उद्धार र व्यवस्थापनमा लाग्न परिपत्रमा उल्लेख छ ।
प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धार व्यवस्थापन र राहत संकलन तथा वितरण गर्दा तरुण दलको सांगठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई भनिएको छ । तरुण दलद्वारा त्यस जिल्लामा गरिएका विपद व्यवस्थापन र उद्धारका कार्यहरुको दलको केन्द्रीय कार्यालयलाई नियमित जानकारी गराउन उनको निर्देशन छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल तरुण दल, #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्