प्रदेश सरकारको बैठक नसकिँदै किन फर्के मेयर बालेन र उपमेयर सुनिता ?

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले बागमती प्रदेश सरकारको बैठकमा सहभागी नभइ फर्केका छन् ।
प्रदेश सरकारले स्थानीय तहका लागि आयोजना गरेको अभिमुखीकरण बैठक छाडेर उनीहरु काठमाडौँ फर्केका हुन् ।
हेटौँडामा प्रदेश सरकारले आइतबारदेखि तीन दिनका लागि बैठक आयोजना गरेका थिए ।
तर मेयर साह र उपमेयर डंगोल एकदिन मात्र बैठकमा सहभागी भएर काठमाडौं फर्किएका हुन् ।
तीन दिन बैठकका लागि हेटौँडा पुगेका मेयर बालने र उपमेयर सुनिता सोमबार साँझ ५ बजे नै काठमाडौँ फर्किएका छन् ।
मेयर बालेनले काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताए ।
‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो,’ मेयर बालेनले बैठक छाडनुको कारण स्प्ष्ट पार्दै विज्ञप्तिमार्फत उल्लेख गरेका छन्, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ ।’
उनले काठमाडौँ राजधानीमात्र नभई कसैको जन्मभूमि र कर्मभूमि समेत भएको बताए । बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन् ।
सोमबार बेलुकी बालेनले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लागेको’ भन्दै ब्यंग्य गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #सुनिता डंगोल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्