चितवनको राप्तीमा दुई महिनादेखि एक युवतीमाथि सामुहिक बलात्कार : एक जना पक्राउ
चितवन । सामुहिक बलात्कार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका ६ स्थितमा रहेको आदर्शटोल माछापोखरीको एक खाली घरमा अन्दाजी २७ बर्षकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका ९ चौधघरेका ४५ बर्षीया पुर्ण बहादुर घलानलाई पक्राउ गरेको हो ।
घलानलाई ईलाका प्रहरी कार्यालय खैरहनी र ईलाका प्रहरी कार्यालय भण्डाराको संयुक्त टोलीले पीडित युवतीको जाहेरी पश्चात् हिजो (मंगलबार) नियन्त्रणमा लिइएको जनाएको छ ।
पक्राउ परेका घलानले नाम परिवर्तीत ३५ को खैरहनी (१४) ०७८/०७९ लाई चैत १० गतेदेखि पटकपटक बलात्कार गर्दै आएका थिए ।
काठमाडौंमा ज्यालामजदुरी गर्दैआएकी पीडित चितवन राप्ती नगरपालिका वर्डा नम्बर एक स्थित दाजु भाउजुको घरमा बस्दै आएकी थिइन् । चैत १० गते राती काठमाडौंबाट पिप्ले आउने क्रममा पिप्ले धेरै टाढा रहेको र अहिले रातीको समय भएकोले म भोलि घर पुर्याइदिन्छु भनी निज आरोपित घलानले आफू बस्दै आएको माछापोखरीमा लगी करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुई महिना अगाडीदेखी पटकपटक बलात्कार गर्दै आएको र ती पीडित युवतीको स्वास्थ्य अवस्था समेत बिग्रेपछि उनलाई उपचारका लागी अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याएपछि सो, घट्ना बाहिरिएको हो । घट्नामा संलग्न अन्य ४ जनालाई प्रहरीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेका घलानविरुद्ध बलात्कार कसुर अन्तर्गत मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । उनलाई अहिले ईलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ भने म्याद थपका लागी आजै सम्मानित चितवन जिल्ला अदालत समक्ष बुझाउने तयारी प्रहरीले गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्