प्रचण्ड-माधवलाई ‘प्रधानमन्त्री अफर’को भित्री कथा

काठमाडौं, जेठ २० । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सल्लाह गरेरै आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको अफवाह फैलाउनु भएको तथ्य खुलेको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादी र नेकपा एसले धोका दिएको प्रमाणसहित बालुवाटारमा उजुरी परेपछि आगामी निर्वाचनमा एकता नगर्ने त्रासका साथ प्रचण्ड र माधवले एमालेबाट प्रधानमन्त्रीको अफर आएको भन्दै अफवाह फैलाउनु भएको पाइएको हो । बालुवाटार निकट स्रोतका अनुसार निर्वाचनलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा प्रचण्डले ‘एमालेले प्रधानमन्त्री दिने अफर गरेको छ तर पनि म गठबन्धनलाई चुनावपछि पनि लैजाने भनेर बसेको छु, यो कुरा तपाईंले बुझ्नु पर्यो नि,’ भन्दै कथा रच्नुभएको थियो ।
त्यसअघि उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवसँग सल्लाह गरेर कांग्रेसलाई दवावमा राख्न एमालेबाट प्रधानमन्त्रीको अफर आयो भन्ने कुरा गर्ने सहमति गर्नुभएको स्रोतले बतायो । दुवै नेताले आफूलाई आफैले प्रधानमन्त्रीको अफर गर्दै सार्वजनिक रुपमा एमालेबाट प्रस्ताव आएको बताउनु भएको हो ।
प्रचण्ड र माधवले सार्वजनिक रुपमै यस्तो अफवाह फैलाएपछि एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रुपमा नै एमाले सत्ता परिवर्तनको खेलमा नरहेको र आफू बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जवाफ दिनुभएको छ । फेसबुकमार्फत पोखरेलले यस्तो जवाफ दिएपछि माओवादी र नेकपा एकीकृतकै नेताहरुले ‘आफैले आफैलाई प्रधानमन्त्रीको अफर’ गरेको तथ्य बुझेका हुन ।
नेकपा एकीकृत समाजवादीका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘एमालेका कुनै पनि नेताले मात्रै होइन, कसैले पनि उहाँहरुलाई प्रधानमन्त्रीको अफर गरेको रहेनछ, उहाँहरुले आफैले आफैलाई प्रधानमन्त्री बनाउने कल्पाना गर्दै अफर गर्नुभएको रहेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्ड-माधव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्